
नुवाकोट जिल्लाका पुराना राजनीतिज्ञ स्व. गोविन्द प्रसाद पाण्डेको स्मृतिमा पुर्ण कदको शालिक अनावरण गरिएको छ । पाण्डेको स्मृतिमा स्मृति भवन सहित शालिक अनावरण कार्यक्रममा नेपाली कांग्रेसका नेता डा रामशरण महतले शालिकको अनावरण गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष नारायण पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महतले नुवाकोट जिल्लाको राजनीतिमा पाण्डेको योगदान अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि पाण्डेको राजनीतिक इतिहासको चर्चा गर्दै राजनीतिमा पाण्डे जस्ता योग्य व्यक्तित्वहरु पाउन अब निकै कठिन हुने बताउनु भयो । कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति जगदीश्वरनरसिंह केसी,कांग्रेस जिल्ला सभापति रमेश कुमार महत पूर्व महामन्त्री भरत जंग उप्रेती लगायत विभिन्न राजनीतिक दलका नेता , समाजसेवी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
नुवाकोट जिल्लाको खरानीटारमा जन्मनु भएका पाण्डे नेपाली कांग्रेसको राजनीतिमा संलग्न हुनुहुन्थ्यो । उहा गाउँ पालिका अध्यक्षदेखि जिल्ला विकास समितिको सभापति समेत बन्नु भएको । उहाका छोरा नारायण पाण्डे हाल गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ ।
