
सत्ता गठबन्धनका सहयात्री दलहरुबीच आगामी निर्वाचनमा पनि सहयात्रा कायम राख्ने विषयमा दुई मत प्रकट भैरहेको छ । प्रमुख दलमध्ये नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत देउवा निकट नेताहरु यतिखेर सत्ता गठबन्धनका पक्षमा उभिएका छन् । विशेष गरेर मुलुकलाई अधिनायकवादी सोचबाट जोगाउन र संविधानलाई सहि ढंगले उपयोग गर्न पनि गठबन्धन आवश्यक भएको धारणा सार्वजनिक गरिसकेका छन् ।
सभापति देउवाले आफुले बोलेका प्रत्येक कार्यक्रममा सत्ता गठबन्धन जोगाउने र निर्वाचनमा सहयात्रा गर्ने कुरा दृढताकासाथ राख्नु भएको छ । देउवाका अन्य सारथीहरु पनि उहाको भनाईप्रति समर्थन गरिरहेका छन् । वरिष्ठ नेता पौडेलले पनि त्यसमा समर्थन गरिरहनु भएको छ ।
युवा नेताहरुले यसमा सहमति नजनाएपनि घुमाउलो पाराले एउटा मापदण्ड तयार पारेर नै शैद्धान्तिक रुपमा सहकायृ गर्नुपर्नेमा जोड दिएपछि नेपाली कांग्रेसले गठबन्धन बारे खाका तयार पार्ने निर्णय गरेको छ । कांग्रेसले सोही खाकाको आधारमा कहाँ कसरी गठबन्धन गर्ने भन्ने निर्णय लिनसक्ने नेपाली कांग्रेसका प्रवक्त डा. प्रकाशशरण महतले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
कांग्रेसले यतिखेर गठबन्धन नगर्ने हो भने पुन बामपन्थी दलहरु बीच तालमेल हुने र कांग्रेस फेरि कमजोर बन्ने आँकलन पनि गरिरहेको छ । त्यसोत नेकपा माओवादी केन्द्र र समाजवादीले पनि कांग्रेसले पेलेको खण्डमा एमालेसँग सहकार्य गर्ने धम्की दिइरहेको अवस्था छ ।
यसलाई चिर्दे पार्टी सभापति सहितका नेताहरुको दिर्घकालिन सोचले कांग्रेसलाई बलियो बनोउने तर्क बलियो भएपछि स्थानीय तहमा पनि गठबन्धन हुने निश्चित जस्तै भएको छ । यसका लागि माओवादी केन्द्र र समाजवादीले पनि आफ्नो ढंगबाट तयारी गरिररहेका छन् । उनीहरुले पनि गठबन्धनका लागि कार्यदल बनाउने तयारी गरिसकेका छन् । उता एमालेले पनि राप्रपा लगायत अन्य दलहरुसँग तालमेलको कुरा अघि बढाएको छ ।
यसका कारण पनि सत्ता गठबन्नधबीच तालमेद नभए सरकार ढल्ने र पुन एमालेको हातमा सत्ता पुग्ने र अन्य दुई तहको निर्वाचन एमालेले गराउने सम्भावनाका कारण पनि कांग्रेस गठबन्धनमा जानुको विकल्प नभएको कांग्रेसका अधिकांश नेताहरुको ठहर रहेको देखिन्छ ।