
पृथ्वी मावि, विदुरबाट एसई दिएका विद्यार्थीहरु, तस्बिर ः फाइल
विदुर । गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर नाम कमाउन सफल भएको नुवाकोट विदुरमा रहेको सामुदायिक विद्यालय पृथ्वी माविले यस पटक पनि आफ्नो इतिहास दोहोर्याउन सफल भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजामा पृथ्वी माध्यमिक विद्यालयबाट एसईई दिएका ७६ विद्यार्थी मध्ये ३६ जनाले ३.६ वा सोभन्दा माथि अर्थात ए प्लस ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले जानकारी दिनुभएको छ । यस्तै २६ जनाले ए ल्याउन सफल भएका छन् भने ११ जनाले बी प्लस ल्याउन सफल भएका छन् । विद्यालयले बी प्लस भन्दा कम नतिजा ल्याएको छैन ।

विद्यालयका प्रअ लामिछानेले विद्यालयको नतिजा उत्साहवर्द्धक रहेको प्रतिक्रिया दिनु भएको छ। उहालले भन्नुभयो, हामी, विद्यार्थी र हाम्रा अभिभावकको मिहिनेत सफल भएको छ, प्राविधिक कराण एक जनाको नतिजा कमजोर भएकोमा दुःखित छौं ।
एसईईको नतिजा अनुसार बी प्ल्स ल्याउनुलाई पनि राम्रो मान्निछ । विद्यालयका अनुसार उत्कृष्टतर्फ ३.९ भन्दा बढी जिपिए ल्याउनेमा जिया खड्का र रेजिना भण्डारी रहेका छन् । उनीहरु दुबैको समान ३.९६, रहेको छ । यस्तै आयुषा शाक्य र सिम्रन पाठकको पनि समान ३.९१ आएको छ भने अजिता न्यौपानेको ३.९ जिपिए रहेको छ । एक जना विद्यार्थी भने फल भएको जनाइएको छ ।
सामुदायिक विद्यालयमा यस वर्ष पनि पृथ्वी नै जिल्ला प्रथम भएको अनुमान गरिएको छ । यद्यपि अन्य विद्यालयहरुको विवरण प्राप्त भएको छैन । जिल्ला सदरमुकाम विदुरमा रहेको उक्त विद्यालयलाई बागमती प्रदेश सरकारले गत वर्ष दोस्रो उत्कृष्ट विद्यालयको रुपमा घोषणा गरेको थियो ।
विद्यालयको एसईईको नतिजा र प्रदेश सरकारका घोषणासँगै विद्यालयमा चालू शैक्षिकसत्रको भर्नाका लागि प्रशासनले चर्को दवाव समेत खेप्नु परेको थियो । राजनीतिक दलका नेता कार्यकर्तादेखि व्यवसायीसम्मले उक्त विद्यालयमा छोराछोरी भर्नाका लागि चर्को दवाव दिएका थिए । जसलाई प्रधानाध्यापक बाबुराम लामिछानेले सामाजिक सञ्जालबाट नै आफूलाई अनावश्यक दवाव नदिन आग्रह गर्दै समाजिक सञ्जालबाट अभिभावकहरुमा नाममा पत्र नै लेखेका थिए । हाल उक्त विद्यालयमा झण्डै सातसय विद्यालय अध्ययनरत रहेका छन् । यस्तै नुवाकोटबाट सुभेनियर बोडिंकी सिम्रिका रिजाल ४ जिपिए ल्याउन सफल भएकी छन् । नुवाकोटबाट झण्डै चार हजार विद्यार्थीले परीक्षा दिएका थिए ।
विद्यालयका प्रअ लामिछानेले विद्यालयको नतिजा उत्साहवर्द्धक रहेको प्रतिक्रिया दिनु भएको छ। उहालले भन्नुभयो, हामी, विद्यार्थी र हाम्रा अभिभावकको मिहिनेत सफल भएको छ, प्राविधिक कराण एक जनाको नतिजा कमजोर भएकोमा दुःखित छौं ।