एसइईमा ग्रेडेड ४१ विद्यार्थीलाई महादेव माविले गर्‍यो सम्मान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ६, बुधबार २०:१४

नुवाकोट । नुवाकोटकाे बेलकाेटगढी नगरपालिकास्थित महादेफाँटमा रहेकाे महादेव माविले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई सम्मान गरेकाे छ ।


यस वर्ष विद्यालयबाट एसईई परीक्षामा सहभागी ५० जना विद्यार्थीमध्ये ४१ जना ग्रेडेड हुन सफल भएका छन्। उत्कृष्ट नतिजासँगै विद्यालय बेलकोटगढी नगर भित्र सबैभन्दा धेरै बिद्यार्थी परीक्षामा सहभागी गराउने मध्ये उच्च स्थान हासिल गर्न सफल विद्यालयमा परेकाे छ ।


कार्यक्रममा वडा अध्यक्ष भुवनेश्वर नेपाल ,कार्यपालिका सदस्य गमला लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाइराम नेपाल, अभिभावक, समाजसेवी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयले निरन्तर मेहनत, अनुशासन र गुणस्तरीय शिक्षामार्फत राम्रो नतिजा हासिल गरेको भन्दै शिक्षक, विद्यार्थी र अभिभावकलाई बधाई दिएका थिए। विद्यालयलका प्रधानाध्यापक हरिवंश घिमिरेले उत्कृष्ट नतिजाका लागि दिनरात खटिने शिक्षक, अध्ययनमा समर्पित विद्यार्थी तथा उपयुक्त पारिवारिक वातावरण निर्माण गर्ने अभिभावकप्रति धन्यवाद तथा हार्दिक कृतज्ञता व्यक्त गर्नभयाे ।


यस वर्षको एसईई परीक्षामा विद्यार्थी वर्षा नेगीले विद्यालयकै सर्वाधिक ३.७५ जिपिए ल्याएर उत्कृष्ट सफलता हासिल गरेकी छन्। साे अवसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाइराम नेपालले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाइने प्रतिवद्वता व्यक्त गर्नुभयाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *