जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत सांसदहरूले उनको पक्षमा मतदान गरेका हुन्।
प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत खसेको थियो। बैठकमा कुल १०० जना प्रदेशसभा सदस्य उपस्थित रहेका थिए।
सरकार विस्तारका क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई सरकारमा सहभागी गराइएपछि कांग्रेससहित एमाले, नेपाल सङ्घीय समाजवादी पार्टी तथा अन्य सहयोगी दलका सांसदहरूले मुख्यमन्त्री यादवलाई समर्थन गरेका हुन्।
यता जनता समाजवादी पार्टी नेपाल ले भने आफ्ना मन्त्रीहरूलाई बर्खास्त गरिएको तथा विश्वासको मतका विषयमा औपचारिक छलफल नगरिएको भन्दै सरकारको विपक्षमा मतदान गरेको जनाएको छ।
त्यसैगरी जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का प्रदेशसभा सदस्यहरूले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिएको बताइएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्