मानव अधिकार आयोगको निष्कर्ष : रवि लामिछानेको जेल बाहिरिनु फौजदारी कसुर ठहर

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १३, बुधबार १७:१५

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट कैदीबन्दी बाहिर पठाइएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलेको संलग्नता रहेको निष्कर्ष निकालेको छ।

आयोगले उक्त कार्यलाई फौजदारी अपराधको रूपमा व्याख्या गर्दै सम्बन्धित व्यक्तिमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिश गरेको जनाएको छ।


आयोगद्वारा सार्वजनिक प्रतिवेदनअनुसार, लामिछानेसँगै नख्खु कारागार प्रशासनका जिम्मेवार अधिकारी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई सांसदको भूमिकाबारे समेत अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ।


प्रतिवेदनमा कैदीबन्दीलाई बाहिर पठाउने विषयमा सोधपुछ गर्दा र जेलर सत्यराज जोशीले दिएको बयान एक–अर्कासँग नमिलेको उल्लेख छ। आयोगका अनुसार बयानमा देखिएको विरोधाभासले घटनामाथि थप छानबिन आवश्यक देखिएको हो।


आयोगले कानुनी प्रक्रिया मिचेर कैदीबन्दीलाई बाहिर जान दिनु राज्यको दायित्व र कानुनी व्यवस्थाविपरीत भएको भन्दै दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने धारणा राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *