काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)को पुनर्गठन तथा चुनावी समीक्षा कार्यदलको सदस्यसचिवमा महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिइएको छ। मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो। कार्यदलको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा रहेका छन्।
बैठकले जेठ ३० गतेदेखि असार १९ गतेसम्म विभिन्न प्रदेश, संगठन र निकायका पदाधिकारीसँग सुझाव संकलन गर्ने कार्यतालिका पनि तय गरेको छ। कार्यदलले जेठ ३० गते वाग्मती, असार २ गते कोसी, असार ४ गते लुम्बिनी, असार ६ गते सुदूरपश्चिम, असार ८ गते कर्णाली, असार ११ गते गण्डकी र असार १३ गते मधेश प्रदेशमा सुझाव संकलन गर्नेछ।
त्यसैगरी असार १६ गते राजधानी क्षेत्र, असार १७ गते सम्पर्क समन्वय कमिटी, असार १८ गते जनसंगठन तथा असार १९ गते विभाग प्रमुख र निकायका पदाधिकारीहरूसँग छलफल गरी सुझाव लिइने निर्णय गरिएको छ।
एमालेका अनुसार भेलाहरूमा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला पदाधिकारीहरूको सहभागिता रहनेछ। साथै, कार्यदलका संयोजक र महासचिवसहित प्रमुख पदाधिकारीहरूको अनिवार्य उपस्थितिको व्यवस्था गरिएको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्