परराष्ट्रमन्त्री चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ३१, आईतवार ०९:०८

परराष्ट्रमन्त्री शिशिर खनाल गएराति १० बजे चीनतर्फ प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल का अनुसार मन्त्री खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ गएका हुन्।


भ्रमणका क्रममा उनले आजैदेखि विभिन्न भेटघाट तथा कूटनीतिक कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको छ। चीनमा रहँदा उनले चिनियाँ विदेशमन्त्री वाङ यी लगायत उच्च अधिकारीहरूसँग द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा आपसी हितका विषयमा छलफल गर्नेछन्।


परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालको भ्रमण जुन १४ देखि १७ सम्म रहनेछ। यो भ्रमण चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *