नुवाकोटको गंगटेबाट ६४ वर्षीय विष्णु क्षेत्री सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १, सोमबार २१:४७

नुवाकोट । नुवाकोटको गंगटे क्षेत्रबाट ६४ वर्षीय विष्णु क्षेत्री सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार उहाँ मिति २०८३ साल जेठ २९ गते शुक्रबार बिहान करिब ९:३० बजेदेखि सम्पर्कविहीन हुनुभएको हो।


उहाँलाई अन्तिम पटक नुवाकोटको गंगटे क्षेत्रमा देखिएको बताइएको छ। हालसम्म उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएकाले परिवार अत्यन्त चिन्तित बनेको छ।


हराउनुभएका विष्णु क्षेत्रीको हुलिया अनुसार उहाँको उचाइ करिब ५ फिट ६ इन्च रहेको छ। हराउँदा उहाँले सेतो सर्ट, खैरो पाइन्ट, जुवारी कोट तथा चप्पल लगाउनुभएको थियो।


परिवारले उहाँलाई देख्नुभएका वा उहाँको सम्बन्धमा कुनै जानकारी प्राप्त गर्नुभएका सबैलाई नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन तथा तल उल्लेखित सम्पर्क नम्बरहरूमा सम्पर्क गरिदिन हार्दिक अनुरोध गरेको छ।


सम्पर्क नम्बर :
९८६३५२२५८९
९८६३५२२५८८

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *