सरकारी भवनमा सञ्चालित संघ -संस्थाका कार्यालय ७ दिनभित्र हटाउन काठमाडौं प्रशासनको निर्देशन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २, मंगलवार ०९:५४

काठमाडौं, असार । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी भवन तथा सार्वजनिक निकायका संरचनाभित्र सञ्चालन भइरहेका गैरसरकारी प्रकृतिका संघ–संस्था र संगठनका कार्यालय हटाउन निर्देशन दिएको छ।


प्रशासनले सार्वजनिक सूचना जारी गर्दै संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भई सरकारी भवनमा कार्यालय सञ्चालन गरिरहेका प्राविधिक तथा पेशागत संघ–संस्थालाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय स्थानान्तरण गर्न निर्देशन दिएको हो।
यसैगरी, सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई पनि त्यस्ता संघ–संस्थाले राखेका साइनबोर्ड, संरचना तथा ओगटेका स्थान खाली गराउन भनिएको छ।


प्रशासनका अनुसार सूचनाको बेवास्ता गरी सरकारी संरचनाभित्र संघ–संस्थाका कार्यालय सञ्चालन गरिरहेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।


सरकारी सम्पत्तिको उचित प्रयोग सुनिश्चित गर्न तथा सार्वजनिक निकायको कार्यसम्पादनलाई व्यवस्थित बनाउन उक्त निर्देशन जारी गरिएको प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *