रास्वपामा पदाधिकारी संख्या १९ हुने, वरिष्ठ नेताको पद विधानमा नै व्यवस्था गरियो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ४, बिहीबार १५:२५


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय पदाधिकारी सङ्ख्या १९ सदस्यीय हुने भएको छ । विधान संशोधन गदै रास्वपाले वरिष्ठ नेतासहित १९ सदस्यीय पदाधिकारी बनाउने निर्णय बिहीबार बसेको सचिवालय बैठकले गरेको हो । हाल रास्वपामा वरिष्ठ नेताका रुपमा प्रधानमन्त्री बालेन्द्र शाह रहेका छन् ।

विधान संशोधन गर्दै एक वरिष्ठ र एक जना सहमहामन्त्री थपेर १९ सदस्यीय बनाउने निर्णय भएको हो । यसअघि सहमहामन्त्री चार जना र वरिष्ठ नेताको व्यवस्था थिएन ।

सभापति १

वरिष्ठ नेता १

उपसभापति ३ (१ महिला)

महामन्त्री २

सहमहामन्त्री ५ (१ महिला)

प्रवक्ता १

सह प्रवक्ता ३ (१ महिला)

कोषाध्यक्ष १

सहकोषाध्यक्ष २ ( महिला )

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *