घाँस काट्न जाँदा भिरबाट लडेर एक जनाको मृत्यु

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ५, शुक्रबार ०७:४१

नुवाकोट, असार ०५– नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका–१, जन्तरे शिरान टोलका जितबहादुर नक्कलेको आज बिहान दुःखद निधन भएको छ।


स्थानीय स्रोतका अनुसार घाँस काट्न जाने क्रममा भिरबाट चिप्लिएर लडेपछि उनको आज बिहान (शुक्रबार )घटनास्थलमै मृत्यु भएको हो। बिहान घर नजिकैको भिरालो क्षेत्रमा घाँस काट्न गएका नक्कले अचानक लडेर गम्भीर घाइते भएका थिए। घटनापछि स्थानीयवासीले उद्धारको प्रयास गरे पनि उनको ज्यान जोगाउन नसकिएको बताइएको छ।


उनको असामयिक निधनले परिवार, आफन्त तथा स्थानीय समुदाय शोकमा डुबेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।


घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *