कांग्रेस नियमित महाधिवेशन पक्षधरले कात्तिक ११ गते बेलकाेटगढी नगर अधिवेशन गर्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक ९, सोमबार १३:२६

नुवाकोट । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षले बेलकोटगढी नगरपालिकामा नगर अधिवेशन आयोजना गर्ने भएको छ। नगर अधिवेशनमा सहभागी हुन नगर संयोजक सागर न्यौपानेले कांग्रेसका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूलाई अपिल गरेका छन्।


नगर अधिवेशन कात्तिक ११ गते बुधबार बेलकोटगढी–१० स्थित निरञ्जना मन्दिर प्राङ्गणमा आयोजना हुने आयोजकले जनाएको छ। अधिवेशन बिहान ११ बजे सुरु हुनेछ।


नगर संयोजक न्यौपानेले अधिवेशनलाई संगठन सुदृढीकरण, पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र आगामी राजनीतिक दिशाका लागि महत्वपूर्ण अवसरका रूपमा लिँदै सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।


नियमित अर्थात नेपाली कांग्रेसको देउवा पक्षले पनि आफ्नो निर्धारित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाएको छ। देउवा पक्षले कात्तिक १२ गते क्षेत्रीय तथा प्रदेश अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ।


कांग्रेसभित्र नियमित महाधिवेशन पक्ष र देउवा पक्षले छुट्टाछुट्टै अधिवेशन प्रक्रिया अघि बढाइरहेका कारण नुवाकोटमा पनि पार्टीको आन्तरिक राजनीतिक गतिविधि तीव्र बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *