एनपीएलको तेस्रो संस्करण आजबाट सुरु, कांग्रेस सभापति गगन थापाद्वारा खेलाडी र क्रिकेटप्रेमीलाई शुभकामना

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक ९, सोमबार १३:३८

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) तथा क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन्।


थापाले नेपाली क्रिकेटले हासिल गरेको वर्तमान उपलब्धिका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण रहेको उल्लेख गरेका छन्। सीमित स्रोतसाधन र विभिन्न कठिनाइका बीच नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूको योगदानलाई उनले स्मरण गरेका छन्।


उनले नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा थप सफलता प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *