नुवाकोट, असार १९ — नुवाकोटको बेलकोटगढी नगरपालिका–११ स्थित पञ्चकन्या माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ।
विद्यालयका प्रधानाध्यापक ठाकुरजंग पाण्डेका अनुसार यस वर्ष कक्षा १२ को परीक्षामा सहभागी २० जना विद्यार्थी मध्ये १७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयले ८५ प्रतिशत उत्तीर्ण दर कायम गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको हो।
विद्यालयले यस सफलतालाई विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको सामूहिक प्रयास, समर्पण र अथक मेहनतको प्रतिफलका रूपमा लिएको छ। विद्यालय परिवारले उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।
साथै, विद्यार्थीहरूको शैक्षिक सफलताका लागि निरन्तर खटिने शिक्षकहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा विद्यालयका सम्पूर्ण शुभेच्छुकप्रति विद्यालयले विशेष आभार व्यक्त गरेको छ।
विद्यालयले आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यका साथ गुणस्तरीय शिक्षामा थप जोड दिने जनाएको छ। पञ्चकन्या माविको यो उपलब्धिले विद्यालय मात्र नभई सम्पूर्ण बेलकोटगढी क्षेत्रको शैक्षिक प्रतिष्ठा समेत उकास्न महत्वपूर्ण योगदान पुर्याएको छ। उक्त विद्यालयले एसइईमा यस वर्ष शतप्रतिशत नतिजा हासिल गरेको थियाे ।
नुवाकोट पुकार




तपाईको प्रतिक्रिया दिनुहोस्