चितवन, असार ७ — नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुने भएका छन्।
रास्वपाले चितवनको भरतपुरमा आयोजना गरेको महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरेको छ। सोही क्रममा कांग्रेस नेता थापा महाधिवेशनमा उपस्थित भएर शुभकामना व्यक्त गर्ने कार्यक्रम रहेको जनाइएको छ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ। महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
रास्वपाले उद्घाटन समारोहलाई प्रतिनिधिमूलक र समावेशी बनाउन विभिन्न दलका नेता, शुभेच्छुक तथा विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरेको जनाएको छ। विपक्षी दलका नेताहरूलाई समेत निमन्त्रणा गरिएकाले महाधिवेशनप्रति राजनीतिक वृत्तमा विशेष चासो देखिएको छ।
कांग्रेस सभापति थापाको सहभागितालाई लोकतान्त्रिक राजनीतिक संस्कृतिको सकारात्मक सन्देशका रूपमा हेरिएको छ। रास्वपाको पहिलो महाधिवेशनले पार्टीको संगठनात्मक सुदृढीकरण र भावी राजनीतिक रणनीति तय गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्