अवैध बालुवा बोकेको टिपर नियन्त्रणमा, १५ हजार रुपैयाँ जरिवाना

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १२, मंगलवार ०९:४३

नुवाकोट । नुवाकोट प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन गरी ढुवानी गरिरहेको एक टिपर नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याएको छ।


जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार साउन ११ गते लिखु गाउँपालिका–३ स्थित लिखु खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गरी लोड गरिएको अवस्थामा बा४ख ९९४६ नम्बरको टिपर इलाका प्रहरी कार्यालय ढिकुरे , नुवाकोटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।


नियन्त्रणमा लिइएको टिपरलाई आवश्यक कारबाहीका लागि लिखु गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय भलाद्मी डाँडामा पठाइएको थियो। गाउँपालिकाले उक्त टिपरलाई १५ हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।


प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

Oplus_131072

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *