वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आह्वान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १२, मंगलवार १७:३४

काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको सोमबार (श्रावण १२) हेलिस अस्पतालमा उपचारका क्रममा निधन भएपछि पार्टीले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।


पार्टीका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार आकस्मिक बैठक श्रावण १३ गते बिहान ८ः३० बजे ललितपुरस्थित बी.पी. स्मृति भवन, बी.पी. नगरमा बस्नेछ। बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।


यसैबीच, वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि श्रावण १३ गते बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिने कार्यक्रम तय गरिएको छ। त्यसपछि उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा लगेर अन्तिम दाहसंस्कार गरिने नेपाली कांग्रेसले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *