नुवाकोटका १२ स्थानीय तहलाई ४८३ मेट्रिक टन युरिया मलको कोटा निर्धारण

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १३, बुधबार १६:०३

विदुर । कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय त्रिशूलीले नुवाकोटका १२ स्थानीय तहका लागि ४८३ मेट्रिक टन युरिया मलको कोटा निर्धारण गरेको छ।

बागमती प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार नुवाकोटका स्थानीय तहलाई कृषि सामग्री कम्पनीको त्रिशूली शाखाले युरिया मलको कोटा निर्धारण गरेको हो।


निर्धारित कोटाअनुसार लिखु गाउँपालिकालाई ३८ मेट्रिक टन (७६० बोरा), पञ्चकन्या गाउँपालिकालाई ६३ मेट्रिक टन (१०६० बोरा), तारकेश्वर गाउँपालिकालाई ३० मेट्रिक टन (६०० बोरा), किस्पाङ गाउँपालिकालाई १९ मेट्रिक टन (३८० बोरा), विदुर नगरपालिकालाई ६० मेट्रिक टन (१२०० बोरा), बेलकोटगढी नगरपालिकालाई ७४ मेट्रिक टन (१४८० बोरा), तादी गाउँपालिकालाई ४० मेट्रिक टन (८०० बोरा), म्यागङ गाउँपालिकालाई ३० मेट्रिक टन (६०० बोरा), शिवपुरी गाउँपालिकालाई ३० मेट्रिक टन (६०० बोरा), ककनी गाउँपालिकालाई ४८ मेट्रिक टन (९६० बोरा), दुप्चेश्वर गाउँपालिकालाई २४ मेट्रिक टन (४८० बोरा) र सूर्यगढी गाउँपालिकालाई ३७ मेट्रिक टन (७४० बोरा) युरिया मलको कोटा तोकिएको छ।


कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार स्थानीय तहलाई तोकिएको कोटाअनुसार मल वितरण गर्न सम्बन्धित स्थानीय तहको सिफारिस आवश्यक पर्नेछ। सिफारिसका आधारमा कम्पनीले विक्रेता तथा सहकारीलाई मल उपलब्ध गराउने जनाएको छ।
कम्पनीले मल बिक्री गर्ने विक्रेता तथा सहकारीलाई मलको सम्पूर्ण बिक्री विवरण अनलाइन प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्न समेत निर्देशन दिएको छ। स्थानीय तहबाट प्राप्त कोटाअनुसार मल वितरण गर्दा कृषि सामग्री कम्पनीको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ बमोजिमको प्रक्रिया पालना गर्न आग्रह गरिएको छ।


त्यस्तै, तोकिएको कोटाभन्दा बढी मल माग नगर्न र प्राप्त मलको दुरुपयोग तथा अनियमितता हुन नदिन स्थानीय तह, विक्रेता तथा सहकारीलाई कम्पनीले सचेत गराएको छ।


कम्पनीले किसानलाई समयमै मल उपलब्ध गराउने उद्देश्यले पन्ध्र दिनभित्र फरक बिल काटी लगेज जारी गर्न समेत सम्बन्धित विक्रेता तथा सहकारीलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *