कांग्रेसकाे संस्थापन इतर पक्षको राष्ट्रिय भेला मिराकल पार्टी प्यालेसमा हुने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २७, बुधबार १२:४३

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा हुने भएको छ।

राष्ट्रिय भेला आयोजक समितिले यहि साउन २९ गतेदेखि ३१ गतेसम्मका लागि तय गरिएको भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा गर्ने निश्चित भएको जनाएकाे हाे। भेलाको प्रमुख अतिथि पूर्वसभापति शेरबहादुर देउवा रहेकाे बताइएकाे छ। राष्ट्रिय भेलाको उद्घाटन समारोह साउन २९ गते दिउँसो १ बजेदेखि शुरु हुने समितिले जनाएकाे छ।

पहिलो दिन उद्घाटन सत्र हुने र बाँकी २ दिन बन्द सत्र हुने भएकाे हाे । ३० गते बिहा ८ बजेदेखि ९ बजेसम्म खाजा त्यसफछि १२ बजेसम्म बन्द सत्र हुने १२ बजेदेखि १ बजेसम्म खानाका लागि समय छुट्ट्याइने समितिले जनाएकाे छ। भेलामा पाँच हजार नेता तथा कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान रहेको समितिकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *