नुवाकोटको थाना भञ्ज्याङमा बस र ईभी ठोक्किँदा एक जनाको मृत्यु, अन्य यात्रु गम्भीर घाइते

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ३०, शनिबार १०:२९

नुवाकोट । नुवाकोटको थाना भञ्ज्याङमा बस र विद्युतीय सवारी (ईभी) बीच दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुहरू गम्भीर घाइते भएका छन्।

प्रारम्भिक जानकारीअनुसार बस खाजा खानका लागि सडक किनारमा रोकिएको अवस्थामा ओट सानो भएका कारण बस आफैं गुडेर नजिकै रहेको ईभी गाडीमा ठोक्किएको बताइएको छ। दुर्घटनामा ईभीमा सवार एक जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनामा अन्य यात्रुहरू घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको बताइएको छ।

घटनाको विस्तृत विवरण, मृतकको पहिचान तथा घाइतेहरूको अवस्थाबारे आधिकारिक जानकारी आउन बाँकी छ। दुर्घटनाको कारणबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *