आयल निगमले आज उपत्यकाका चन्द्रागिरी र तारकेश्वरसहित ७ स्थानबाट ग्यास बिक्री गर्दै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ३१, आईतवार ०६:१२

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ।

निगमले अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाएको जनाएकाे हो। ग्यास किन्नका लागि उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लिएकार आउन समेत अनुराेध गरिएकाे छ।

आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री हुने स्थानहरूमा टेकुस्थित निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *