अवरुद्ध पृथ्वीराजमार्ग पहिरो पन्छाएपछि पूर्णरूपमा सञ्चालनमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ३१, आईतवार ०८:५१

चितवन : पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-५ सिमलधारामा पहिरो खसेपछि रोकिएका सवारीसाधन करिब नौ घण्टापछि गन्तव्यतर्फ लाग्न थालेका छन्।

शनिबार राति करिब ११ बजे सडकमाथिबाट रूखसहितको सुख्खा पहिरो खसेपछि मुग्लिङ-नारायणगढ सडकखण्ड दुवैतर्फ अवरुद्ध भएको थियो। पहिरोका कारण रातिदेखि नै सयौँ सवारीसाधन सडकमा रोकिएका थिए।

सडक विभाग र सुरक्षाकर्मीको समन्वयमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो। सडक खुलेसँगै लामो समयदेखि रोकिएका सवारीसाधन क्रमशः गन्तव्यतर्फ पठाउन थालिएको प्रहरीले जनाएको छ।

पहिरोका कारण यात्रुहरूले रातभर सडक खुल्ने प्रतीक्षा गर्नुपरेको थियो। सडक सञ्चालनमा आएपछि भने रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *