‘म हिन्दु हुँ, तर नेपालमा सबै धर्मको रक्षा हुनुपर्छ’ : शेरबहादुर देउवा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ३१, आईतवार १४:०४

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दु भए पनि नेपालमा सबै धर्मको संरक्षण र धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्।

काठमाडौंमा आयोजित नेपाली कांग्रेसको इतरसमूहको भेलालाई सम्बोधन गर्दै देउवाले आफू हिन्दु संस्कारअनुसार हुर्किएको र धार्मिक आस्थाप्रति प्रतिबद्ध रहेको उल्लेख गरे।

‘म हिन्दु हुँ । ब्रतबन्ध पनि हिन्दु संस्कारअनुसार भएको हो । बहिनीको बिहे पनि हिन्दु संस्कारअनुसार भएको हो । मैले बिहे पनि गुहेश्वरीमा हिन्दु धर्मअनुसार गरेको हुँ,’ देउवाले भने।

उनले आफू नियमित रूपमा पशुपति जाने र पूजा गर्ने गरेको समेत बताए। ‘म हिन्दु हुँ, पशुपति जान्छु, पूजा गर्छु,’ उनले भने।

तर आफ्नो धार्मिक आस्थाका कारण अन्य धर्मप्रति विभेद गर्न नहुने देउवाको भनाइ थियो। उनले नेपालमा धार्मिक स्वतन्त्रता कायम हुनुपर्नेमा जोड दिए।

देउवाले बौद्ध धर्मप्रति समेत आफ्नो सम्मान र आस्था रहेको बताए। ‘बुद्धका प्रति माया छ । संसारले मानेको छ । वैज्ञानिक धर्म पनि भनेको छ,’ उनले भने।

उनको अभिव्यक्तिले व्यक्तिगत धार्मिक आस्था र नेपालमा कायम धार्मिक स्वतन्त्रताबीचको सम्बन्धबारे कांग्रेसभित्रको बहसलाई समेत सतहमा ल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *