मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिदै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १, सोमबार ०८:४८

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बानियाँले सोमबार दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाउन प्रदेश सभा सचिवालयलाई पत्राचार गरेका छन्।

सचिवालयले सोहीअनुसार बैठकसम्बन्धी सूचनासमेत जारी गरिसकेको छ।प्रदेश सभाको जारी दोस्रो कार्यकालको ३ वर्ष ९ महिनाको अवधिमा मुख्यमन्त्रीले छैटौँ पटक विश्वासको मत लिन लागेका हुन्। यसअघि विभिन्न समयमा मुख्यमन्त्रीहरूले ५ पटक विश्वासको मत लिइसकेका छन्।विसं २०८२ साउन २० गते मुख्यमन्त्री बनेका बानियाँले साउन २७ गते संसद्‌बाट विश्वासको मत लिएका थिए। नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट सरकार बनाएका उनी सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका हुन्।

अल्पमतमा परेपछि उनले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। कांग्रेस संसदीय दलको बैठकले भदौ ३ गतेअघि नै विश्वासको मत लिने निर्णय गरे तापनि राजनीतिक अन्योल लम्ब्याउनुभन्दा छिटै शक्ति परीक्षण गरी सरकारको अवस्था स्पष्ट पार्न मिति अगाडि सारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *