नागरिक बचाउ महाअभियानले सरकारसँग वार्ताका लागि ९ सदस्यीय टोली गठन गर्‍यो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २, मंगलवार १४:४७

काठमाडौं । नागरिक बचाउ महाअभियान, नेपालले सरकारसँग वार्ता गर्न ९ सदस्यीय वार्ता टोली गठन गरेको छ।

अभियानले नागरिकका विभिन्न समस्या तथा माग सम्बोधनका लागि नेपाल सरकारबाट वार्ता समिति गठन गरी पत्र प्राप्त भएपछि राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा वार्ता बस्ने गरी आफ्नो वार्ता टोली गठन गरेको जनाएको छ।


अभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमार्फत वार्ता टोली गठन गरिएको जानकारी गराएका हुन्। पत्रमा सरकारको तर्फबाट २०८३/०४/०४ गते वार्ता समिति गठन गरी अभियानलाई पत्र पठाइएको उल्लेख छ।


अभियानले सरकारसँग वार्ताका लागि विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा टोली गठन गरेको छ। टोलीका सदस्यहरूमा राजु आचार्य, विजय थापा, देवी सङ्ग्रौला, हरदेव महतो, लीलादेव दुनुवार, लाल शाह, रिंकु मण्डल र नरेन्द्र लामा रहेका छन्।


अभियानले नागरिकले उठाउँदै आएका विभिन्न समस्या तथा मागका विषयमा सरकारसँग वार्ता गरी समाधान खोज्ने उद्देश्य रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *