|
२०८३ भाद्र २, मंगलवार १६:४४
काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि भक्तपुरका किरण थापालाई अघि सार्ने सहमति गरेको छ । मंगलबार पार्टी केन्द्रीय सचिव महेश बस्नेत र राजन भट्टराईसहितका नेताहरूबीच भएको छलफलले थापालाई मुख्यमन्त्री बनाउने र बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै कायम राख्ने सहमति जुटाएको प्रदेश सांसद केशव पोखरेलले जानकारी दिए ।
यसअघि बागमती प्रदेशसभाका एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । पछिल्लो सहमतिअनुसार थपलियालाई संसदीय दलको नेतामै कायम राखेर थापालाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।
सहमतिपछि प्रदेश संसदीय दलको बैठक मंगलबार दिउँसो हेटौँडामा बसेको थियो । बैठकले किरण थापालाई बागमती प्रदेशको मुख्यमन्त्रीका रूपमा औपचारिक रूपमा अघि सार्ने निर्णय गरेको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्