|
२०८३ भाद्र ८, सोमबार १९:०२
नुवाकोट । बेलकोटगढी नगरपालिकाले वडा नं. ६ मा रहेको मालिका माध्यमिक विद्यालयका स्थायी शिक्षक अर्जुनकुमार रिमालको निधनप्रति शोक व्यक्त गर्दै मंगलबार नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संघ–संस्थामा शोक बिदा दिने निर्णय गरेको छ।
नगरपालिकाका अनुसार शिक्षक रिमालको उपचारका क्रममा २०८३ भदौ ७ गते असामयिक निधन भएको हो। उनको निधनले बेलकोटगढी नगरपालिकाको शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले मृतक शिक्षक रिमालको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।
नगरपालिकाले २०८३ भदौ ८ गते गरेको निर्णयअनुसार भदौ ९ गते मंगलबार बेलकोटगढी नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संघ–संस्थामा शोक बिदा दिने निर्णय गरिएको शिक्षा अधिकृत प्रेमकुमार पुरीद्वारा जारी सूचनामा उल्लेख छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्