मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत प्राप्त

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ९, मंगलवार २०:१५

हेटौँडा, भदौ ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त भएको छ ।


१०४ प्रदेश सभा सदस्य कायम रहेको बागमती प्रदेश सभाको मङ्गलबारको बैठकमा ५८ जना उपस्थित रहेको विश्वासको प्रस्तावको पक्षमा ५७ मत परेको छ । विपक्षमा मत परेन ।
एमालेका थापा नेकपा, एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।


प्रदेश सभामा नेकपामा २६, एमालेका २५ र राप्रपाका १२ जना प्रदेश सभा सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *