श्रेष्ठको साहसिक उद्धारले जोगियो बाढीमा फसेकी महिलाको ज्यान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ११, बिहीबार ०७:३८

रसुवा । रसुवामा आएको भीषण बाढीको भेलमा बगेकी एक महिलाको साहसिक उद्धारपछि ज्यान जोगिएको छ। बाढीको तीव्र बहावमा फेसेकी महिलालाई नेपाली कांग्रेस नुवाकोट जिल्ला सचिव तथा साहित्यकार श्रेष्ठले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा जोखिम मोलेर उद्धार गरेका हुन्।


बाढीको देवीघाटमा फसेकी ती महिलाले रुख समातेर आफूलाई जोगाएकी थिइन्। बाढीको बहाव केही कम भएपछि श्रेष्ठसहित स्थानीयवासी र प्रहरीको टोलीले तत्काल उद्धार अभियान थालेको थियो। जोखिमपूर्ण अवस्थामा गरिएको प्रयासपछि उनलाई सकुशल बाहिर निकाल्न सफल भएको हो।


उद्धार गरिएकी महिलालाई तत्काल उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको थियाे। उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।


उद्धारमा खटिएका श्रेष्ठ नेपाली कांग्रेस नुवाकोटका जिल्ला सचिव, साहित्यकार तथा बट्टार क्याम्पसका अध्यक्ष समेत हुन्। बाढीपहिरोको जोखिमबीच मानवीय ज्यान जोगाउन उनले देखाएको साहस र तत्परताको स्थानीयस्तरमा प्रशंसा भइरहेको छ।


रसुवामा आएको बाढीपहिरोले विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनाएको छ। बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। विपद्को अवस्थामा स्थानीयवासी र सुरक्षाकर्मीको समन्वयमा उद्धार तथा राहतका काम भइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *