|
२०८३ भाद्र १३, शनिबार १०:१७
विदुर । बागमती प्रदेश सरकारले त्रिशूली नदीमा आवतजावत सहज बनाउन तुइन तथा झोलुङ्गे पुल निर्माणका लागि आवश्यक सामग्री नुवाकोट पठाउन थालेको छ। कम दूरीका कारण पुल निर्माण सम्भव हुने तथा तत्काल आवतजावतको समस्या रहेका सम्भावित स्थानमा तुइन र झोलुङ्गे पुल स्थापना गर्ने तयारी गरिएको हो।
सम्भावित स्थान पहिचान गरी जानकारी गराउन स्थानीय जनप्रतिनिधि तथा निर्माण व्यवसायीहरूलाई पूर्वाधार विकास कार्यालय नुवाकोटमा जानकारी गराउन प्रदेश सरकारमार्फत अनुरोध गरिएको किस्पाङ गाउँ पालिकाका पूर्व अध्यक्ष छत्र लामाले जानकारी दिनुभयो ।
भाटेकाेशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ५० भन्दा धेरै पुल बगाएकाे छ। जसका कारण आवत जावतमा ठुलाे समस्या हुन पुगेको छल। भारत सरकारले बेलीब्रिज पुल दिने बताएको भए पनि यसकाे औपचारिक जानकारी आएको छैन ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्