बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा निरन्तर

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १४, आईतवार १२:२५


काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीका लागि उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डेटा र एसएमएस सेवा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ।

कम्पनीले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई सहज बनाउन र प्रभावित नागरिकलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम राख्न निःशुल्क दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।


यसअघि भदौ १४ गतेसम्म निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डेटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो। अब उक्त सुविधालाई थप समयका लागि निरन्तरता दिइएको नेपाल टेलिकमले जनाएको छ।



टेलिकमले बाढी प्रभावित क्षेत्रका नागरिकलाई आवश्यकता अनुसार निःशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ। विपद्को समयमा परिवार तथा आफन्तसँग सम्पर्क कायम राख्न, उद्धार तथा राहतसम्बन्धी सूचना आदानप्रदान गर्न यो सुविधाले सहयोग पुग्ने कम्पनीको विश्वास छ।


यसैबीच, बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मत–सम्भारका लागि प्राविधिक टोली निरन्तर परिचालन भइरहेको छ। कम्पनीका अनुसार अधिकांश संरचना सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना पनि शीघ्र सञ्चालनमा ल्याउने काम भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *