रसुवा । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका व्यक्तिमध्ये हालसम्म ७५२ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो १ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार बाढी तथा विपद्मा बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको छ।
यसैगरी, बाढी तथा अन्य विपद्मा परेका ८ हजार ७३० जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। तर अझै २ हजार ५०२ जना सम्पर्कविहीन रहेको बुलेटिनमा उल्लेख छ।
सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। बाढीबाट भएको मानवीय क्षतिको संख्या थप बढ्न सक्ने देखिएकाले खोजी तथा उद्धारलाई तीव्र बनाइएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्