|
२०८३ भाद्र १६, मंगलवार १६:०४
काठमाडौं ।प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिन जाने विषयमा छलफल सुरु भएको छ ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भएर भोटेकोशी बाढीसहित जलवायु परिवर्तनबाट नेपाललाई परेको असरबारे जानकारी गराउँदै जलवायु न्यायको माग राख्नुपर्नेबारे छलफल सुरु भएको हो ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।
भदौ १० मा भोटेकोशीमा बाढी आएपछि जलवायु परिवर्तनले नेपाललाई पारेका विषय प्रधानमन्त्रीको तहबाट नै अन्तर्राष्ट्रिय समुदायमाझ राख्ने, जलवायु परिवर्तनबाट परेको क्षतिपूर्ति माग गर्नका लागि भनी शाहको भ्रमणको विषयमा छलफल सुरु भएको हो ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्