नागढुंगा नजिकै पृथ्वी राजमार्ग भासियो, ठूला सवारी सुरुङमार्गबाट पठाइँदै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १७, बुधबार १२:०३


काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वन क्षेत्रमा सडकको एक भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ। सडकमा क्षति पुगेपछि उक्त खण्डमा तत्कालका लागि यातायात सञ्चालनको व्यवस्था परिवर्तन गरिएको छ।


सडक विभागका अनुसार भासिएको स्थानबाट हाल पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन र दुईपाङ्ग्रे सवारीलाई मात्र एकतर्फी रूपमा आवतजावत गर्न दिइएको छ। अन्य सवारीसाधनलाई भने नागढुंगा सुरुङमार्ग हुँदै गन्तव्यतर्फ पठाउने व्यवस्था गरिएको छ।


सडक भासिएको कारण र क्षतिको अवस्थाबारे अध्ययन गर्न सडक विभागको प्राविधिक टोली घटनास्थलमा परिचालन गरिएको छ। प्राविधिक अध्ययनपछि आवश्यक मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइने विभागले जनाएको छ।


सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार प्राविधिक मूल्याङ्कनपछि मर्मतको काम तत्काल अघि बढाएर यातायात सेवा सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *