प्राधिकरणद्वारा आफ्ना ४७ कर्मचारी सम्पर्कबिहिन भएको जानकारी ,खाेजीका लागि अपिल

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २०, शनिबार २०:३४

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल विद्युत् प्राधिकरणका विभिन्न आयोजनामा कार्यरत ४७ जना कर्मचारीहरू अझै सम्पर्कविहीन छन् । प्राधिकरणले बेपत्ता कर्मचारीहरूको खोज तथा उद्धार कार्यलाई तीव्रता दिए पनि धेरैको अवस्था अझै अज्ञात रहेकाले पहिचानका लागि ‘डीएनए’ परीक्षणको प्रक्रिया सुरु गरेको छ । 

प्राधिकरणका अनुसार बाढीले माथिल्लो त्रिशुली ३ ए, त्रिशुली ३ बी हब, चिलिमे–त्रिशुलीलगायत संरचनामा ठुलो क्षति पुर्‍याएको छ । खोज तथा उद्धारका क्रममा हालसम्म माथिल्लो त्रिशुली ३ ए बाट दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जनाको शव प्राप्त भएको छ । बाँकी ४७ जना कर्मचारीहरू अझै फेला परेका छैनन् ।

बेपत्ता हुनेहरूमा इन्जिनियर, सुपरभाइजर, फोरम्यानदेखि सुरक्षा गार्डसम्म रहेका छन् । जसमा इन्जिनियरहरू दिलिप यादव, राजेन्द्र ढकाल, महेन्द्र विक्रम शाही, र निरजन पांगेनी लगायतका कर्मचारीहरू छन् । बेपत्ता कर्मचारीहरू बैतडी, पर्सा, सिन्धुली, नुवाकोट, रुपन्देही, महोत्तरी लगायत देशका विभिन्न जिल्लाका बासिन्दा हुन् ।

नेपाल विद्युत प्राधिकरणले एक विशेष सूचना जारी गर्दै बेपत्ता कर्मचारीका परिवारजनलाई डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन अनुरोध गरेको हो ।

सूचनामा उल्लेख भए अनुसार, बेपत्ता व्यक्तिको सबैभन्दा नजिकको रगतको नाता (बाबु, आमा, छोरा वा छोरी मध्ये कोही एक) ले दुई प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी रगतको नमुना उपलब्ध गराउनु पर्नेछ । 

यस्तै, तथ्यांक संकलनमा सहजताका लागि डीएनए परीक्षणको स्लिप र रिपोर्ट प्राप्त भएपछि त्यसको फोटो ह्वाट्सएप ग्रुपमा पठाइदिन समेत प्राधिकरणले सम्बन्धित परिवारलाई आग्रह गरेको छ । 

यी हुन् हराइरहेका प्राधिकरणका कर्मचारी

विनोद प्रसाद पाण्डेदशरथचन्द-३, बैतडीमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
दिलिप यादवबैरियाबिर्ता-३, पर्सामाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
राजेन्द्र ढकालदाँडीगुराँसे-२, सिन्धुलीमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
महेन्द्र विक्रम शाहीसिमा-२, जाजरकोटमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
सन्तोष कुमार ठाकुरभिमरपुरा-८, महोत्तरीमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
इन्द्र अधिकारीबुटवल-६, रुपन्देहीमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
ओम प्रकाश चौधरीमोहनपुर-५, सप्तरीमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
विकास यादवपिपरा-३, महोत्तरीमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
रमेश कुमार यादवहर्दिया-५, बारामाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
१०सानु बहादुर श्रेष्ठविदुर-९, नुवाकोटमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
११आइत तामाङचलाल-८, काभ्रेपलाञ्चोकमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
१२हरि बहादुर बोगटीकल्याणपुर-४, नुवाकोटमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
१३खगेन्द्र मगरतीकमलामाई-६, सिन्धुलीमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
१४सुर्य बहादुर के.सी.नयाँगाउँ-३, प्युठानमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
१५रबिना तुल्सीबाख्योभक्तपुर-८, भक्तपुरमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
१६रमिला भण्डारीखुदी-१, लमजुङमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
१७कुमार बहादुर राउतजोगीमारा-८, धादिङमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
१८अमर कान्त चौधरीबरमझिया-८, सप्तरीमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
१९नारायण प्रसाद अर्यालत्रिशुली-१, नुवाकोटमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
२०सुदिप कुमार श्रेष्ठविदुर-४, नुवाकोटमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
२१तेज बहादुर जिरेलजिरी-१, दोलखामध्य मर्स्याङ्दी जलविद्युत केन्द्र (रसुवा बाढी क्षेत्र)
२२जिब लाल अधिकारीगजेहडा-९, कपिलवस्तुकुलेखानी तेस्रो जलविद्युत केन्द्र (रसुवा बाढी क्षेत्र)
२३तिल बहादुर रानाबिरघा अर्चले-९, स्याङ्जाकालीगण्डकी ए जलविद्युत केन्द्र (रसुवा बाढी क्षेत्र)
२४किर्त सिंह विष्टदिपायल सिलगढी-१३, डोटीदेवीघाट जलविद्युत केन्द्र (रसुवा बाढी क्षेत्र)
२५निरज बाबु रेग्मीहुँगी-३, पाल्पामर्स्याङ्दी जलविद्युत केन्द्र (रसुवा बाढी क्षेत्र)
२६झपट बहादुर घर्तीचिति, लमजुङमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
२७अस्मिता लामाइन्द्रसरोवर-१, मकवानपुरमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
२८शान्ति माया तामाङविवरण नखुलेकोमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
२९सोम लाल गोलेथाहा-५, मकवानपुरमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
३०राधिका भुजेलचिति, लमजुङमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
३१माया मिजारविवरण नखुलेकोमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
३२राम शरण न्यौपानेकिस्पाङ-५, नुवाकोटमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
३३सन्तोष तामाङविवरण नखुलेकोमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
३४रोशनी तामाङविवरण नखुलेकोमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
३५मिलन तामाङविवरण नखुलेकोमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
३६कमान सिंह तामाङविवरण नखुलेकोमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
३७सुशन भट्टराईविवरण नखुलेकोमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
३८दिपक रिमालकिस्पाङ-५, नुवाकोटमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
३९राज कुमार भट्टराईविवरण नखुलेकोमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
४०कान्छी गुरुङ चौधरीविवरण नखुलेकोमाथिल्लो त्रिशुली ३ ए जलविद्युत केन्द्र
४१शर्मिला अधिकारीखड्का भञ्ज्याङ-७, नुवाकोटत्रिशुली जलविद्युत केन्द्र
४२गोविन्द भण्डारीविवरण नखुलेकोत्रिशुली जलविद्युत केन्द्र
४३हर्क बहादुर तामाङविवरण नखुलेकोत्रिशुली जलविद्युत केन्द्र
४४लाक्पा लामाविवरण नखुलेकोरसुवा डी.सी. (चिलिमे बाट)
४५मिना शाह धितालविवरण नखुलेकोदेवीघाट जलविद्युत केन्द्र
४६निरजन पांगेनीसौ. फर्साटिकर-३, रुपन्देहीचिलिमे-त्रिशुली TLP (त्रिशुली ३बी हब)
४७तुलसी प्रसाद भट्टमनकामना-९, नुवाकोटत्रिशुली ३बी हब सब-स्टेशन
bepatta-karmachari (1)
bepatta-karmachari (2)
bepatta-karmachari (3)
bepatta-karmachari (4)
bepatta-karmachari (5)
bepatta-karmachari (6)
bepatta-karmachari (7)
bepatta-karmachari (8)
bepatta-karmachari (9)
bepatta-karmachari (10)

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *