दुई महिनामै फेरिए रसुवामा सिडियो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २१, आईतवार १९:३५

काठमाडौं– दुई महिनाको अवधिमै रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन भएका छन् । 

दुई महिनाअघि मात्रै रसुवाको प्रमुख जिल्ला अधिकारीको नेतृत्व सम्हालेका नरेन्द्र परियारलाई गृहमन्त्रालयमा तानिएको छ ।

आइतबार मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमल प्रसाद पाण्डेलाई रसुवाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको हो ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको अवस्थामा सीडीओ परियारको सरुवा भएको विषयले कर्मचारीवृत्तमा चर्चा चलेको छ ।

बाढीको समयमा विभिन्न समन्वय गर्दा पनि सम्पर्कमा नआएको भन्दै केही दिनअघि परियारको सार्वजनिक रुपमा आलोचना समेत भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *