भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक, देशभर झण्डा आधा झुकाइँदै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २२, सोमबार ०७:४२


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा आज नेपालभर राष्ट्रिय शोक मनाइँदै छ।

भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्यु भएका व्यक्तिहरूप्रति सम्मान प्रकट गर्दै आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।
राष्ट्रिय शोकका अवसरमा आज नेपालभरिका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढीमा परी अहिलेसम्म १ हजार ३४२ जनाको मृत्यु भएको छ भने ४ हजार ९९६ जना सम्पर्कविहीन छन्। बाढीमा परी ६ हजार ८३ जना घाइते भएका छन्।


विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।


भोटेकोशी बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याउनुका साथै सडक, पुल, जलविद्युत् आयोजना, बस्ती तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति गरेको छ। आजको राष्ट्रिय शोकले विपद्मा ज्यान गुमाएका सबैप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *