नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ नेवारपानी निवासी समाजसेवी रामकाजी थापाले आफ्नै व्यक्तिगत लगानीमा बाढीपीडित परिवारलाई राहत वितरण गरेका छन्।
थापाले साेमबार तारकेश्वर गाउँपालिका–२ पिमलटारमा रहेका ५० घरधुरीलाई राहत सामग्री वितरण गरेका हुन्। राहतस्वरूप प्रत्येक घरधुरीलाई एक बोरा चामल, नुन, तेल, मसला तथा सोयाबिन उपलब्ध गराइएको थियो।
स्थानीय पीडितहरूका अनुसार उक्त क्षेत्रमा प्रभावित परिवारले राहतको अपेक्षा गरिरहे पनि हालसम्म स्थानीय सरकारले आवश्यक ध्यान नदिएको गुनासो गरेका छन्। स्थानीय सरकारबाट सहयोग नपुगेपछि समाजसेवी थापाले पीडितहरूको समस्यालाई मध्यनजर गर्दै आफ्नै गोजीको रकमबाट राहत सामग्री खरिद गरी वितरण गर्नुभएकाे हाे,एक स्थानीयले नुवाकोट पुकारसँग भने,
पीडित परिवारहरूले कठिन परिस्थितिमा व्यक्तिगत रूपमा सहयोग लिएर राहत वितरण गर्न पुगेका थापाप्रति धन्यवाद व्यक्त गरेका छन्। स्थानीयस्तरबाट पर्याप्त सहयोग नपुगेको अवस्थामा उनको यो सहयोगले प्रभावित परिवारलाई केही राहत पुगेको बताइएको छ।
समाजसेवी थापाको व्यक्तिगत पहलमा गरिएको यस सहयोगले विपद्को समयमा सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको स्थानीयहरूले बताएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्