नुवाकोट । सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ काठमाडौं तथा इन्द्र अन्नपूर्ण योगले संयुक्त रुपमा भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट विदुर नगरपालिका–५ देवीघाटमा रहेका बाढी प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ।
आइतबार प्रभावित क्षेत्र नुवाकोट पुगेर संस्थाले प्रभावितका लागि ठूला टेन्ट २२ थान, साना टेन्ट २० थान, १५ एमएमका फर्म १०० थान, तन्ना ५० थान, चप्पल ५० जोर, प्लास्टिक पाल २०० थान, कचौरा २०० थान, गिलास २०० थान, बालबालिकाका कपडा १५ थान, अन्य कपडा ५ बोरा तथा अन्य आवश्यक सामग्री १ बोरा सहयोगस्वरूप प्रदान गरेको जनाएको छ।

विदुर नगरपालिका–५ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा आश्रय लिइरहेका प्रभावितहरूलाई वितरण गर्ने गरी उक्त राहत सामग्री स्थानीय जनप्रतिनिधिहरूलाई जिम्मा लगाइएको संस्थाका तर्फबाट सहभागी लाइन इन्द्रबहादुर लामाले जानकारी दिनुभयो।
राहत वितरण कार्यक्रममा लाइन अध्यक्ष उदय प्रसाद भण्डारी, लियो सुवास घिमिरे, इन्द्रबहादुर न्यौपाने, जगदीश पन्थी, सागर बलामी जिनमाया चापागाईसहित इन्द्र अन्नपूर्ण योगका सदस्यद्धय तथा समाजसेवी हिरा पाण्डे तथा भगवती ढकालको सहभागिता रहेको लाइन तथा समाजसेवी लामाले जानकारी दिनुभयो ।
सो अवसरमा लाइन अध्यक्ष भण्डारीले लाइन एक सामाजिक सञ्सथा भएको र सिंगो देश दुःख र विपत्तिमा रहेका बेला आफूहरु आफ्ना तर्फबाट सक्दो सहयोग गर्न आएको बताउनुभयो । उहाँले लाइन्स क्लब सँगै दु ः खी पीडितको पक्षमा रहँदै आएको पनि बताउनुभयो ।

बाढीका कारण नुवाकोट रसुवा र धादिड.मा ठुलो जनधानको क्षति हुन पुगेको छ । क्लबले सो अवसरमा आश्रयस्थलमा रहेका प्रभावितहरुसँग समेट भेटघाट गरेको थियो भने कतिपय आफन्त गुमाएका परिवारसँग समेत भेटघाट गर्दै समवेदना प्रकट गरेको थियो ।

सामाजिक सेवाको भावना बोकेको उक्त संस्थाले विगतदेखि नै कोभिड महामारी, भूकम्प तथा विभिन्न प्राकृतिक विपत्तिका समयमा राहतमुखी कार्यक्रम सञ्चालन गर्दै प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ। पछिल्लो समय रससुवाको भोटेकोशीमा आएको बाढीका कारण हालसम्म १५ सय भन्दा धेरैको ज्यान गएको छ भने पाँच हजार वेपत्ता रहेका छन् । उनीहरुको खोजी भैरहेको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्