तुइनको भरमा त्रिशूली वारपार, दुई जनाभन्दा बढी चढ्न रोक

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २४, बुधबार १६:१०

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुलहरू बगाएपछि नदी वारपार गर्न सञ्चालनमा ल्याइएका तुइनमा पनि जोखिम बढ्न नदिन कडाइ गरिएको छ।

नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रायणीघाट र वडा नं. ९ गुम्बाडाँडा जोड्ने तुइन तथा देवीघाटस्थित विदुर नगरपालिका–३ र ५ जोड्ने तुइनबाट वारपार गर्दा एकपटकमा बढीमा दुई जना मात्र र सामानतर्फ बढीमा २०० केजीसम्म बोक्न आग्रह गरिएको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नुवाकोटका विभिन्न क्षेत्रमा पुल क्षतिग्रस्त तथा बगाएपछि स्थानीयवासीका लागि नदी वारपार गर्न तुइन अस्थायी विकल्प बनेका छन्। तुइन सञ्चालनमा आएपछि त्रिशूली र देवीघाट क्षेत्रमा वारिपारि गर्न सहज भएको छ।


यसैबीच बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालय, पूर्वाधार विकास कार्यालय नुवाकोटले तुइनबाट वारपार गर्दा विशेष सावधानी अपनाउन सूचना जारी गरेको छ।


कार्यालयको सूचनाअनुसार विदुर नगरपालिका वडा नं. ९ इन्द्रायणीघाट र वडा नं. ९ गुम्बाडाँडा जोड्ने तुइन तथा देवीघाटस्थित विदुर नगरपालिका वडा नं. ३ र ४ जोड्ने तुइनबाट वारपार गर्दा एकपटकमा बढीमा दुई जना व्यक्तिमात्र वारपार गर्न आग्रह गरिएको छ।


त्यस्तै, सामग्री वारपार गर्दा बढीमा २०० केजीसम्मको सामग्री मात्र लैजान कार्यालयले अनुरोध गरेको छ। सूचनामा तोकिएको सीमाभन्दा बढी व्यक्ति वा सामग्री राखेर तुइन सञ्चालन नगर्न तथा सुरक्षित तवरले वारपार गर्न स्पष्ट आग्रह गरिएको छ।


बाढीले पुल बगाएपछि तत्कालका लागि तुइनले आवागमन सहज बनाए पनि नदीको बहाव र तुइनको जोखिमलाई ध्यान दिँदै यात्रुले सावधानी अपनाउनुपर्ने देखिएको छ। सम्बन्धित निकायले समेत तुइन प्रयोग गर्दा तोकिएको क्षमताभन्दा बढी भार नदिन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *