|
२०८३ भाद्र २४, बुधबार १६:२४
रोशन बम्जन थिङ
दुईपिपल ,नुवाकोट । बेलकोटगढी नगरपालिका–६ स्थित गैराघरमा आइचर ट्रक दुर्घटनामा परेको छ। गैराघरको हिलो तथा कच्ची सडक खण्डमा बा ४ ख ६३१४ नम्बरको आइचर ट्रक सडकबाट अनियन्त्रित भई पल्टिएको हो।
कच्ची तथा हिलाम्मे सडकमा गाडी चिप्लिएपछि अनियन्त्रित भएर पल्टिएको बताइएको छ। दुर्घटनामा सवारीसाधन कोल्टिए पनि चालक भने पूर्ण रूपमा सकुशल रहेका छन्। घटनामा कुनै मानवीय क्षति वा ठूलो चोटपटक नभएको जनाइएको छ।
पल्टिएको सवारीसाधनलाई सडकबाट हटाउने प्रयास भइरहेको छ।


नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्