सिटिजन्स बैंकले घोषणा गर्‍यो ४ प्रतिशत लाभांश, ३.८०% बोनस र ०.२०% नगद

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ३१, बुधबार १७:५५

काठमाडौँ, ३१ भदौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले कायम चुक्तापुँजी १५ अर्ब ५० करोड रुपैयाँको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।


बैंकका अनुसार ३.८० प्रतिशत बोनस सेयरबापत ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ र ०.२० प्रतिशत नगद लाभांशबापत ३ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरिएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *