बागमती प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा नुवाकोट जनज्ञानकी सदिक्षा भण्डारी दोस्रो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ३, शनिबार १३:१६


नुवाकोट । बागमती प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा नुवाकोटकी विद्यार्थी सदिक्षा भण्डारी दोस्रो भएकी छन्। शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशले आयोजना गरेको प्रतियोगितामा जनज्ञान निकेतन माध्यमिक विद्यालय, नुवाकोटकी भण्डारीले द्वितीय स्थान हासिल गरेकी हुन्। उक्त विद्यालयले गत वर्ष पनि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको थियाे ।


‘संवैधानिक सर्वोच्चता र समृद्ध नेपाल निर्माणमा युवाको भूमिका’ विषयमा आयोजना गरिएको निबन्ध प्रतियोगितामा काठमाडौंको श्री रत्नराज्य माध्यमिक विद्यालयकी अनुश्री रिजाल प्रथम भएकी छन्। रामेछापको श्री मन्थली माध्यमिक विद्यालयकी रिश्ता कार्की तृतीय भएकी छन्।


त्यस्तै, रामेछापकै श्री शारदा संस्कृत माध्यमिक विद्यालयकी जैनिशा नेपालीले प्रोत्साहन पुरस्कार प्राप्त गरेकी छन्।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार क्रमशः १२ हजार, १० हजार, ८ हजार र ६ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने निर्देशनालयले जनाएको छ।

पुरस्कार तथा प्रमाणपत्र २१औँ गणतन्त्र दिवसको मूल समारोह कार्यक्रमअन्तर्गत २०८३ असोज ३ गते बागमती प्रदेश मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा प्रदान गरिएकाे छ । साे अवसरमा मुख्यमन्त्री किरण थापा मगरकाे उपस्थितिमा प्रदेश प्रमुख दिवक प्रसाल देवकोटाले पुरस्कार प्रदान गर्नुभएको छ ।

यसैबिच विद्यालयका प्रधानाध्यापक अर्जुन लामिछानेले सदिक्षाले प्राप्त गरेकाे सफलता सँगै विद्यालय परिवार थप उत्साहित भएको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *