कांग्रेस पञ्चकन्या गाउँपालिका सभापतिमा राजीव स्याङ्तान सर्वसम्मत

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २५, आईतवार ०७:३८

नुवाकोट । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर समूहअन्तर्गत नुवाकोटको पञ्चकन्या गाउँपालिका सभापतिमा राजीव स्याङ्तान सर्वसम्मत चयन भएका छन्।

गाउँपालिकामा सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको पालिका अधिवेशनले स्याङ्तानलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो। अधिवेशनमा पालिकास्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यसअघि पालिका सभापतिका लागि यमबहादुर थापा, राजीव स्याङ्तान, रमणबहादुर सिटौला, गंगाराम लामिछाने, लक्ष्मण खनाल र विकास महत गरी ६ जना आकांक्षी देखिएका थिए। सभापतिका आकांक्षीबीच सहमति जुटाउन पालिका संयोजक गंगाराम लामिछानेको संयोजकत्वमा पाँचवटै वडाका सभापति सदस्य रहेको कार्यदलसमेत गठन गरिएको थियो।

कार्यदल तथा सम्बन्धित नेताहरूको रातभरकाे पहलमा आकांक्षीबीच सहमति जुटेपछि स्याङ्तान सभापतिमा सर्वसम्मत चयन भएका हुन्।

कांग्रेसको संस्थापनइतर समूहअन्तर्गत स्थानीय तहमा वडा अधिवेशन सम्पन्न भएपछि पालिका अधिवेशनहरू सञ्चालन भइरहेका छन्। पञ्चकन्या गाउँपालिकामा पनि आपसी सहमतिका आधारमा नेतृत्व चयन गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *