|
२०८३ आश्विन २८, बुधबार १०:३६
नुवाकोट । नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण गरिएका १८ वटा अस्थायी आवास बुधबार हस्तान्तरण गरिने भएको छ।
एमाले निकट मजदुर संगठन जिफन्टको नेतृत्वमा निर्माण गरिएका अस्थायी आवास पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बुधबार दिउँसो हस्तान्तरण गर्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
उनका अनुसार प्रत्येक आवासमा शौचालय, बिजुली र पानीलगायतका आधारभूत सुविधाको समेत व्यवस्था गरिएको छ। अस्थायी आवास निर्माण अभियानमा जिफन्टका विभिन्न स्वयंसेवक सहभागी भएका थिए।
यसअघि नेकपाले पनि महादेवफाँटमा निर्माण गरिएका अस्थायी आवास हस्तान्तरण गरेकाे थियाे ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्