कांग्रेसको खस–आर्य क्लस्टरमा मनोजमणि आचार्य अगाडि, जगदीश्वर नरसिंह केसी ४४९ मतले पछि

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ३०, शुक्रबार ०६:३८

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस–आर्य क्लस्टरको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दा जगदीश्वर नरसिंह केसीले २ हजार १९९ मत पाएका छन्।

आचार्य र केसीबीच ४४९ मतको अन्तर रहेको छ।

त्यस्तै, दिनेश कोइरालाले १ हजार २४६ मत प्राप्त गरेका छन् भने शुभराम बस्नेतले ५३५ मत पाएका छन्।

खस–आर्य क्लस्टरअन्तर्गतको मतगणनामा आचार्य र केसीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। मतगणना जारी रहेकाले अन्तिम परिणामपछि मात्रै उम्मेदवारहरूको निर्वाचित अवस्थाबारे टुंगो लाग्नेछ। यद्यपि अब केही मत मात्रै गन्न बाँकी रहेकाले आचार्य जित नजिक पुगेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *