सभापति गगन थापाको आज शपथग्रहण, कांग्रेसकाे जिम्मेवारी सम्हाल्दै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १, शनिबार ०८:३७


ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले आज औपचारिक रूपमा पार्टी सभापतिको जिम्मेवारी सम्हाल्ने भएका छन्।

बडादशैंको फूलपातीका दिन कांग्रेस केन्द्रीय कार्यालयमा थापाको शपथग्रहण तथा पदबहाली कार्यक्रम आयोजना गर्न लागिएको हो। कांग्रेसका अनुसार कार्यक्रम दिउँसो २ बजे हुनेछ।


महाधिवेशनअन्तर्गतको मतगणना सम्पन्न भएसँगै सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहालीका लागि कार्यक्रम तय गरिएको हो। समारोहमा सहभागी हुन उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई कांग्रेस केन्द्रीय कार्यालयले निमन्त्रणा गरेको छ।


कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापतिको शपथग्रहणपछि थापाले औपचारिक रूपमा पार्टी नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन्।


यसैबीच, महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण भने दशैंपछि गरिने कांग्रेसले जनाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *