– रामबहादुर सिंखडा
धृतराष्टपुत्र दुयोधनको दुष्चक्रबाट बच्न डुंगाबाट गंगा नदी पार गरे पछि भोक तिर्खा थकाइको समेत पर्वाह नगरी हिडिरहदा जंगलको माझमा पुग्दा सन्ध्याकाल भयो । बटबृक्ष मुनि रात कटाउने निधो गरे । तिर्खाले ब्याकुल माता कुन्तिको बेदना सुनेर युधिष्ठिरले पानीको खोजीमा सारसको अवाज अएतिर भिमसेनलाइ जान सुझाए । निकै बेरको प्रयासमा पानी फेला पारे पछि भिमसेनले सो पानीलाइ पछेउरामा भिजाइ अश्रम स्थलतिर हानिए । दिनभरीको थकाइले सबै जना मस्त निद्रामा भएकोले भिमसेनले तत्रकाल कसैलाइ उठाउन चाहेनन् । पछेउरामा ल्याएको पानीलाइ हिफाजतसंग राखी दुर्योधनको चक्करमा परेका धृतराष्टलाइ धिक्कार्दै शोक गरे । भिमसेन ननिदाइ परिवारको हेरविचारमा रात भरी जागै रहे ।
पौराणिक कथा ः महाभारत
पाण्डवहरू जुन ठाउंमा बास बसेका थिए त्यस नजिकैको बिशाल बृक्षमा भयंकर शरिर भएको हिडिम्ब नामक राक्षस बस्दथ्यो । त्यो नरमांसमा अति क्षुब्ध र धेरै दिन देखिको भोको भएकोले मानिसको खोजीमा भैंतारिरहेको थियो । बटबृक्ष मुनी बसेका पाण्डवहरूबाट अएको मनुष्य गन्धले बहिनी हिडिम्बालाइ ति मनुष्य सिकार गरि ल्याउन अह्रायो । दाजुको अज्ञा अनुसार बहिनी हिडिम्बाले मनुष्य रूप धारण गरि निकै सजिसजाउ भएर बट बृक्ष मुनि देखा परि । नरमांसको सिकार गर्न अएकी हिडम्बाले भिमसेनको नव यैवन,रूप लावण्य र हष्टपुष्ट सुन्दर शरिर देख्ना साथ एकाएक मोहित भइ । देवि देवता जस्ता देखिने तपाइंहरू के कामले यो जंगलको बाटो कहां जान लाग्नु भएको हो भनेर सुध्याइ । यो जंगल मेरा दाजु हिडम्बको अधिनमा रहेकोले उसले यहां अएका सबै मनुष्यलाइ सिकार बनाउने गरेको छ । त्यहि उद्येश्यले उसको सिकारको लागि मलाइ यहां खटाएको हो । काम वाशनाले बशिभुत भएकी हिडम्बाले मलाइ पत्नी स्वीकारेमा नरभक्षी मेरा दाजुको सिकार हुनबाट बचाउ गर्ने छु भनेर भिमसेनसंग उल्टै अनुनय विनय पो गर्न थालि ।
भिमसेनले परिवारलाइ एक्लै यस्तो अवसथामा छाडेर राक्षसनी हिडम्बाको इच्छा पुरा नहुने कुरा बताए । उनी यो जंगल कसैको अधिनमा छ भनेर डराउने खालका मनुष्य थिएनन् । त्यसैले भिमसेनले उसको दाजुसंग मुकावाला गर्नै अंट देखाए । भिमसेन र राक्षसनी हिडम्बाको निकैबेर बहस चल्यो । तुरून्त अउन भनी अह्राएको बहिनी निकै बेर विलम्ब गरे पछि भोकले क्रोधित हिडम्ब शाल बृक्षबाट हाम फाल्दै बहिनी र भिमसेन कुरा गर्दै गरेको ठाउंमा पुगो । उसको अज्ञा उल्घन गरि उसकै अहरा भिमसेन संग कुरा गरिरहेको देखेको राक्षस हिडम्बले बहिनीलाइ दुत्कार्यो । उसको राज्यमा अइ त्यो बद्मासी गरेको लागेर भिमसेनको समेत हुर्मत लिन पुग्यो ।
तलाइ म संग लड्न मन छ भने तयार छु भनेर राक्षस हिडिम्बलाइ भिमसेनले हुंकार दिए । भिमसेनको यस्तो हुंकारले हिडम्बको क्रोधमा अगोमा घिउ थपे झैं भयो । दुबै बिच घमसान युध्द भयो । भिमसेनले हिडम्बलाइ अकाशमा लैरो घुमाए जस्तो गरि घुमाइ घुमाइ भुइंमा पछारे पछि उसको प्राण पखेरू उड्यो । भिमसेनमा रहेको यस पुरूषार्थले राक्षसकी बहिनी हिडम्बामा झन झन उत्कुण्ठा बढाउंदै लग्यो । युध्द सकिए पछि अफ्रनो बाटो लाग्दै गर्दाको अवस्थामा हिडिम्बा पनि उनीहरूकै पछि लागि । बैरभाव गरेको कुरालाइ राक्षसहरूले युगैं युग सम्म सम्झि दागा धरिरहने भएकोले भिमसेनले तलाइ साथै लैजान सक्दैनैं भने । भिमसेनको यो कटु वचनले दुखित हुन पुगेकी हिडम्बाले याचनापुर्बक कुन्तीको पाउ पर्दै मेरो बिबाह तपाइंको पुत्र साथ गरिदिनुहोस् ।
त्यस राक्षसनी हिडम्बाले दीनतापुर्वक माता कुन्तीसंग प्रार्थना गरिहेको देखेका युधिष्ठिरमा दया जागेर अयो । दिनभरि जहां जतासुकै गए पनि यहां रहुञ्जेल रातमा यहिं ठाउंमा ल्याएर भिमसेनलाइ छोड्रनु पर्रछ भन्ने युधिष्ठिरको सर्तमा भिमसेनसंग हिडम्बाको बिबाह हुन सक्यो । समय क्रममा उनीहरूबाट छोरा पनि जन्मियो । उसको नाम घटोत्कच राखियो । मेरो अवस्यकता जहिले पर्ला उसै बेला मेरा पिताहरूको सेवा गर्न हाजिर हुने छु भनी बालक घटोत्कच उत्तर दिशातिर लाग्दा भए ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्