नुवाकोटमा बाढी प्रभावित ६० अपाङ्गता भएका व्यक्तिलाई राहत सामग्री वितरण

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १, शनिबार १४:०३

नुवाकोट । नुवाकोट अपाङ्ग संरक्षण सेवा संस्थाको आयोजनामा बाढीबाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न राहत सामग्री वितरण गरिएको छ।


आज २०८३ साल असोज ३० गते आयोजित कार्यक्रममा बाढी प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक राहत तथा सहयोग सामग्री वितरण गरिएको हो।


राहत सामग्रीअन्तर्गत सोलार टर्च, ब्ल्याङ्केट, सिरक, पावर बैंक, कार्पेट, म्याट्रेस, पाल, सिल्पिङ ब्याग, गम्बुट, जुत्ता–चप्पल, न्यानो कपडा, ट्र्याकसुट तथा बालबालिकाका कपडालगायत सामग्री वितरण गरिएको संस्थाले जनाएको छ।


उक्त राहत सामग्री काठमाडौँ जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सदस्य सुनिता थापाको विशेष पहलमा उपलब्ध भएको हो।


बाढी तथा विपद्का कारण प्रभावित अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यले राहत सामग्री वितरण गरिएको संस्थाले जनाएको छ। साथै, विपद्को समयमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी थप सहयोग र राहतका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *